जाइकाको पहलमा जापान सरकारले नेपालका बाढी पीडितलाई सहायता सामग्री दिने

टोकियो । नेपालमा साउन दोस्रो सातादेखि आइरहेको बाढी र पहिरोमा परि विस्थापीत भएकाहरुको पुनस्थापना र राहतमा जापान सरकारले सहयोग गर्ने भएको छ ।

जापान सरकारले नेपाल सरकारकाो आग्रह बमोजिम आपतकालीन सहायता सामग्री उपलब्ध गराउने भएको हो । यस्ता सामग्रीमा आपतकालीन सामग्रीहरु त्रिपाल, कम्बल, पानी छान्ने फिल्टर लगायतका हुने छन् ।

यस्तै जापानले खाद्यान्न समेत सहयोग गर्न लागेको छ । यी सामानहरु यो साताभित्रै विमानस्थल पुग्ने र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्तान्तरण गर्ने छन् ।

यस्तो सहयोग जापान सरकार अन्तरगतको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को पहलमा हुन लागेको हो । यो सहायता तराईका अत्यन्तै पीडित समुदायमा वितरण गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?