तीज गीत प्रतियोगितामा गल्कोट समाज र टोकियो रोधी संयुक्त रुपमा प्रथम

टोकियो । जापानमा पहिलोपटक आयोजना गरिएको तीज गीत प्रतियोगितामा गल्कोट समाज जापान र टोकियो रोधी क्लब संयुक्त रुपमा प्रथम भएका छन ।

सोमबार सम्पन्न प्रतियोगितामा गोरखा समाज जापान र देउराली समाज जापान दोस्रो भए ।

कुल छ टिमको सहभागिता रहेको तीज गीत प्रतियोगिताको आयोजना यूनिक मल्टी मिडियाले गरेको हो ।

प्रतियोगितामा विजेता र उपविजेता सहित मोना जापान र वेए ग्रुपले सहभागिता जनाएका थिए । जापानमा रहेका चर्चित कलाकारको अग्रसरतामा यूनिक मल्टी मिडियाले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

प्रतियोगिताको निर्णायकमा गायक रामकृष्ण बम मल्ल , पत्रकार तिलक मल्ल र गायिका लालमती थापा रहेका थिए । दुर्गाबहादूर खत्रीको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन भने सन्तोष चोखालले गरेका थिए ।

जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा, मोना जापानका अध्यक्ष महेन्द्र बानियाँ , म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम टोकियो रोधी क्लवको सभाहलमा सम्पन्न र्भको थियो । कार्यक्रममा गायक सूर्य खड़का, गायक समुन्द्रराज पौडेल लगायतले आफ्नो प्रस्तुति दिदै कार्यक्रमलाई थप रमाइलो बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?