२३ तारिखका दिन टोकियोमा हुने तीज विशेष कार्यक्रमको तयारी पुरा

टोकियो । गल्कोट समाज जापानले आयोजना गर्न लागेको तीज विशेष सांगीतिक कार्यक्रम अन्तरगत टोकियोको तयारी पुरा भएको छ । आगामी २३ तारिखका बुधबारका दिन टोकियोको इकेगामी खाईकन हलमा हुने विशेष कार्यक्रमको तयारी पुरा भएको हो ।

दिउँसो तीन बजेबाट सुरु हुने कार्यक्रम गल्कोट समाज क्षेत्रीय समिति टोकियोले व्यवस्थापन गरेको छ । विभिन्न खाले सामाजिक काममा सक्रिय रहदै आएको समाजले तीज पर्वलाई जापानमा भब्य मनाउन लागेको हो ।

हालै नेपालमा बाढी पहिरोका कारण पीडित भएकाहरुका लागि कार्यक्रमबाट उठेको रकम खर्च गरिने आयोजकले जनाएको छ । आयोजना खर्च कटाएर बाँकी रकम बाढी पीडितलाई सहयोग गरिने गल्कोट समाज जापान टोकियो समितिका अध्यक्ष निम खड्काले बताए ।

कार्यक्रमका दिन इकेगामी स्टेसनदेखी आयोजना स्थलसम्म बिषेश गरी महिलाहरुका लागि यातायातको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालबाट चर्चित गायिका सरिता गुरुङले आफ्नोप्रस्तुती दिने छिन् भने जापानमै रहेका कलाकारहरु गायक एवं संगीतकार रामकृष्ण बम मल्ल, लोक दोहोरी गायक सुर्य खड्का मोडल तथा गायिका सोना के सी ,लोक गायक मनोज के सीका साथै जापानको नेपाली समुदायमा लोकप्रिय डि जे जोन छन्त्याल लगायतका कलाकर्मीहरूको समेत प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?