टोकियो । जापानको शिन ओकुबोमा आयोजना हुने तीज कार्यक्रम–२०१७ मा चर्चित लोक गायिका सोना केसीले प्रस्तुती दिने भएकी छिन् ।
तीज कार्यक्रम अगस्ट २३ तारिखका दिन मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ ।
आरएस आर्ट कर्ट हल, १–९–१० शिनओकुबोमा आयोजना हुने कार्यक्रममा गायिका केसीले आफ्नो प्रस्तुती दिने र नेपाली मौलिक तीज गीतहरुमा नाच गानको समेत कार्यक्रम राखिएको कार्यक्रम संयोजक सरिता ढकालले जानकारी दिइन् । कार्यक्रममा प्रवेश शुल्क दुई हजार जापानी ऐन राखिएको छ ।