चीन र रसियाका विदेशमन्त्री भन्छन्–जापानी प्रधानमन्त्रीले मात्र सहमति गराउन सक्छन्, उनलाई सक्रिय पारौं

टाेकियाे । चिनियाँ विदेशमन्त्री वाङ यी तथा रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभबीच  कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि फोनवार्ता भएको छ । 

उत्तर कोरियाले विगत केही समयदेखि गरेका लगातारका आणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण र यसले उब्जाएको विश्व सुरक्षा चासोका बिषयमा दुई मुलुकबीच निकटमा रही सहकार्य हुँदै आएको छ । यसलाई समस्या समाधानको उच्च तहमा भएको कुटनैतिक एवम् शान्तिपूर्ण पहल भनिएको छ ।

वाङले कुराकानीका क्रममा स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप छलफल गर्नुपर्ने बताए  । सो अवसरमा रसिया र चीनको ढोकामा तनाव सिर्जना गर्न कसैलाई अनुमति नभएको चिनियाँ विदेशमन्त्री वाङले बताएका थिए । उनले अमेरिका र उत्तर कोरिया दुवैले एक आपसलाई चिढाउने अभिव्यक्ति एवम् अन्य गतिविधि रोक्नुपर्ने बताएका  थिए ।  वाङले जापान र दक्षिणा काेरियाले अमेरिकालाइ सहमतिमा ल्याउन भुमिका खेल्नसक्ने बताएका थिए ।

यसैगरी लाभरोभले कोरियाली द्वीपमा अमेरिका र कोरियाली सैन्य अभ्यासका कारण फेरी एकपटक तनाव चुलिएको धारणा राखे ।

उत्तरको आणविक समस्या सैनिक उपायबाट समाधान गर्ने कुरा रसियालाई विल्कुलै अस्वीकार्य भएको र आफ्नो मुलुक समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा राजनैतिक तथा कुटनैतिक उपायबाट निकाल्नुपर्ने लाभरोभले बताए । उनलेयसका लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले मध्यस्थता गर्नसक्ने भएकाले आबेलाई सक्रिय पारेर अमेरिकालाई मनाउनेरणनीति बनाइनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?