यी हुन् एनआरएनए जापानका उम्मेदवारहरु (अन्तिम नामावलीसहित)

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्य समितिका लागि उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

सहमतिको प्रयास गरिएपनि केहि पदमा निर्विरोध हुन नसकेपछि सहमति हुन नसकेको पदहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

वर्तमान कार्यसमितिका उपाध्यक्ष टासी वाङदी लामा निर्विरोध भएका छन् भने प्रत्यासी महासचिव अनुज थापा अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा महाधिवेशन हलले सर्वसम्मत गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य (आइसीसी) का लागि चार जनाको उम्मेदवारी परेको थियो । टंकप्रसाद गैरे, कपिलदेव थापा, दिलाराम खरेल, दिनेशकुमार गुरुङ र केशर गिरीले निर्विरोध भएका छन् । आईसीसी सदस्यमा थापा सहित पाच जना नै निर्विरोध भएका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा देबीलाल भण्डारी निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा सविता श्रेष्ठ र अनिता गुरुङ (लामा)को उम्मेदवारी यथावत रहेको छ ।

यस्तै उपाध्यक्षमा शिवप्रसाद पौडेल, जीवन न्यौपाने, सरोजकुमार खत्री, द्रोणप्रसाद सिलवाल र छत्र बहादुर दाहालको उम्मेदवारी यथावत रहेको छ । यस्तै महासचिवमा बुद्धिराज घिमिरे निर्विरोध भएका छन् ।

यस्तै सचिवमा जनक बिक्रम शाही, बाशुदेव लामिछाने दाबेदारी प्रस्तुत गरेका छन् भने प्रकाश थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कोषाध्यक्षमा प्रल्हाद सिंह महत, कालिका थापा र महेन्द्रकुमार अधिकारीको उम्मेदवारी परेकोमा कालिका थापा निर्विरोध भएका छन् । सह-कोषाध्यक्षमा राम थापा (अनिल) को मात्रै उम्मेदवारी परेकोले निर्विरोध भएका छन् ।

यस्तै महिला सदस्यमा कमला गैरे, गीता (स्मृति) आचार्य र सृजना पाण्डेले उम्मेदवारी यथावत छ भने सदस्यमा बिक्रम खत्री, बालकृष्ण कंडेल, उत्तमकुमार श्रेष्ठ, नरेन्द्रराज सापकोटा, कुमार कार्की, राजु पनेरु, सुरेश रेग्मी, दयाराम खरेल, नारायण खड्का, डिलाराम गैरे, चेतराम गैरे (चेतन), जगतबहादुर खड्का, दिनेश लोहनी, श्याम (गोपाल) कंडेल, हस्त लामा, राजन कुमार पौडेल, अस्मिता लामा वाइबा, टिकाराम कंडेल, सोमनाथ लम्साल, लालबहादुर रावल र डिल्लीराम शिवाकोटीले पनि उम्मेदवारी यथावत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?