एनआरएनए कान्तोले पठायो तराईका बाढी पीडितका लागि दुई लाख ३१ हजार जापानी येन

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीयसमिति कान्तोले दुई लाख ३१ हजार १५३ जापानी येन बाढी पीडितका लागि नेपाल पठाएको छ ।

कान्तो क्षेत्रीय समितिले आइतबार एनआरएनए जापानको आठौं अधिवेशन उद्घाटनका क्रममा संकलन गरेको ८३ हजार १५३ जापानी येन सहित एनआरएनका केन्दीय उपाध्यक्ष भबन भट्टले सहयोग गरेको एक लाख, नविन पन्तले सहयोग गरेको तीन हजार, प्रदिप थापाले सहयोग गरेको ५ हजार, पारसमणी पोख्रेलले सहयोग गरेको दश हजार, भुषण घिमिरेका तर्फबाट विस हजार र कान्तो क्षेत्रीय समितिका तर्फबाट दश हजार गरि जम्मा दुई लाख ३१ हजार १५३ रकम धुर्मुस सुन्तलीले सुरु गरेको ‘बिपदमा सबै नेपाली जुट्यौं अनिवार्य मानवता र सद्भावका लागि सहकार्य’ अभियान मार्फत तराईका पीडितलाई खर्च गर्ने गरि पठाइएको एनआरएनए कान्तोका संयोजक नविन निउरेले बताए ।

सोमबार दिउँसो दुई बजेसम्म संकलन भएको रकम पठाइएको र अझै केही रकम संकलनको क्रम जारी रहेकाले फेरि एक मुष्ट रकम पठाइने संयोजक निउरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?