जापानको नारा प्रान्तको जंगलमा विमान दुर्घटना

टोकियो । जापानको नारा क्षेत्रमा सानो आकारको विमान दुर्घटनामा परेको छ ।

सोमबार नारा प्रान्तमा सानो खालको विमान दुर्घटनामा परेको यातायात तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

पहाडी क्षेत्रको गाउँ नजिक रहेको जंगलबाट धुवा आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय अधिकारी दुर्घटना स्थल पुगेका छन् ।

तर दुर्घटनाबारे कुनै रिपोर्ट सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?