एनआरएनए जापानको अध्यक्षमा लामा र महासचिवमा घिमिरे सर्बसम्मत

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङदी लामा सर्बसम्मत चयन भएका छन् ।

निशिगी चिइकी कुमिन सेन्टरमा आयोजित ८ औं राष्ट्रिय महाधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रममा एनआरएनए जापानको भावी अध्यक्षमा सहमति जुटेको हो ।

एनआरएनएका केन्द्रीय उपाध्यक्ष भवन भट्टले सर्बसम्मत नेतृत्व चयनको प्रयासले सार्थकता पाएको हो । अध्यक्षमा लामा सर्बसम्मत भएको घोषणा गर्दै भट्टले अध्यक्षका दाबेदार अनुज थापालाई धन्यवाद दिए ।

उनले थापाले एनआरएनए जापानको नयाँ नेतृत्व चयनका क्रममा आफुले दाबी गरेको पद त्याग गरेर एनआरएनएको इतिहासमा आफुलाई अब्बल बनाएको बताए । उनले एनआरएनए जापानले थापाको योगदानलाई कहिल्यै नभुल्ने पनि बताए ।

थापा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा बढुवा भएका छन् । यस्तै महासचिवमा पनि बुद्धिप्रसाद घिमिरे निर्विरोध भएका छन् । विश्वेश्वर रेग्मीले सर्वसम्मत नेतृत्व चयनका लागि त्याग गर्न तयार रहेको बताएपछि घिमिरे सर्बसम्मत भएका हुन् ।

यस्तै कालिका थापा कोषाध्यक्षमा निर्विरोध भएकी छिन् । कोषाध्यक्षमा महेन्द्र कुमार अधिकारी र प्रल्हाद सिंह महत पछि हटेपछि थापा सर्बसम्मत चयन भएकी हुन् ।

यस अघि उम्मेदवारी दर्ताकै क्रममा बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी र सह–कोषाध्यक्षमा रामबहादुर थापाको मात्रै उम्मेदवारी परेको थियो ।

त्यस्तै गरी महिला उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यमा सहमति हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?