कोबेमा मृत्यु भएका गुरुङको अन्तिम संस्कार सम्पन्न

टोकियो । जापानको कोबेमा उपचारका क्रममा मृत्यु भएका डम्बर बहादुर गुरुङको अन्तिम संस्कार गरिएको छ ।

गत मंगलबार उपचारका क्रममा उनको मृत्यु भएको थियो । गैर आवसिय नेपाली संघ जापानको कान्साई क्षेत्रीय समितिले शुक्रवार श्रद्धान्जली सभाको आयोजना समेत गरेको थियो ।

शोक सभामा विभिन्न सघ संस्था तथा जापानवासी नेपालीहरुकोउल्लेख्य सहभागिता रहेको एनआरएन कान्साईका संयोजक भुमिराज दवाडीले जानकारी दिए । गुरुङको परिवारको सहमतिमा कोबेमा नै अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारको व्यवस्थापन पनि एनआरएन कन्साईले गरेको थियो ।

अन्तिम संस्कारमा गुरुङका काका र भाई सहभागि भएका थिए । अन्तिम संस्कारका लागि १८ मान ख़र्च भएको र अन्तिम संस्कारमा कान्साई क्षेत्रीय समिति सहित चितवान समाज, गल्कोट समाज, गैरे समाज लगायतको सघ संस्थाहरुको सक्रियता रहेको थियो ।

अन्तिम संस्कार पछि दिईएको जानकारी अनुसार गुरुङ परिवारलाई जापानिज ६० मान रकम सहयोग गरिने भएको छ । जुन रकम करिब छ लाख बराबर नेपालको बैंक खातामा जम्मा गरिदिने भएको एनआरएन आईसीसी सदस्य तुल्सिराम खरेलले जानकारी दिए।

कोबेको सेन्मोन विद्यालयमा अध्ययनरत गोरखाको गण्डकी गाउँपालिका(७ ध्याल्चोक चुर्लिङका २६ वर्षीय डम्बरबहादुर गुरुङको मंगलवार विहान उपचारको क्रममा मूत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?