एनआरएनए जापानको उपाध्यक्षका उम्मेदवार पौडेल र सचिवका उम्मेदवार शाहीको योग्यतामाथि प्रत्यासीले नै उठाए प्रश्न

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमितिका लागि उम्मेदवारी दिएका दुई जना पदाधिकारीका प्रत्यासीमाथि दावी विरोध दर्ता भएको छ ।

एनआरएनए जापानको उपाध्यक्ष पदका दाबेदार शिवप्रसाद पौडेल र सचिवका दाबेदार जनकबिक्रम शाहीको योग्यतामाथि प्रश्न उठाउँदै दावी विरोध दर्ता गरिएको हो ।

२५ सेप्टेम्बर २०१६ मा ओकिनावामा भएको एनआरएनए जापानको वार्षिक साधारण सभाबाट पारित विधान अनुसार उनीहरु ती पदमा उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दावी विरोध गरिएको हो ।

उपाध्यक्ष पौडेलको एनआरएनसँगको आवद्धता सम्बन्धी योग्यताको प्रश्न उठाउँदै छत्र बहादुर दाहालले दावी विरोध पेश गरेका हुन् । उनले ओकिनावाबाट पारित विधान अनुरुप पौडेलको योग्यता नपुगेको लिखित निवेदन पेश गरेका छन् । उनको निवेदनमा चार महिना अधि मात्र पौडेललाई क्षेत्रीय समितिमा नियुक्ति गरिएकाले उम्मेदवार बन्न नसक्ने दावी गरेका छन् ।

यस्तै शाहीमाथि दावी विरोध प्रस्तुत गर्दै बाशुदेव लामिछानेले केही महिना अघि मात्रै उनको नियुक्ति भएकाले अयोग्य रहेको दाबी गरेका छन् । एनआरएनए कान्तोको क्षेत्रीय समितिले केही महिना अघि मात्र उनलाई कार्यसमितिमा मनोनयन गरेकाले उनी पदाधिकारीमा उम्मेदवार बन्न अयोग्य रहेको लामिछानेको दाबी विरोधमा उल्लेख छ ।

यद्यपी उनले एनआरएनए कान्तोको माइन्युटको फोटोकपी भने पेश गरेका छैनन् । एनआरएनए जापानको निर्वाचन समितिले तयार पारेको विधानमा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा उम्मेदवार बन्नका लागि राष्ट्रिय समन्वय परिषद जापानको सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा एक पुरा कार्यकाल सम्पन्न गरेको हुनुपर्ने उल्लेख छ ।

उपाध्यक्ष पौडेलका विरुद्ध दाबी विरोध पेश गर्ने दाहाल उपाध्यक्षका प्रत्यासी हुन् भने सचिब शाहीका बिरुद्ध दावी विरोध पेश गर्ने लामिछाने पनि सचिबका प्रत्यासी हुन् ।
एनआरएनए जापान २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित विधान को परिच्छेद ८ को उपदफा ५ को २ मा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा, राष्ट्रिय समन्वय परिषद सदस्य, सल्लाहकार, क्षेत्रीय समिति सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कार्यकाल सम्पन्न गरेको हुनु पर्नेछ ।

निर्वाचन समितिले जारी गरेको निर्वाचन नियमावली २०१७ को ७ मा उल्लेखित उम्मेदवारको सर्त र योग्यतामा कुनै पनि समितिमा कम्तिमा एक वर्ष कार्य सम्पादन गरेको हुनुपर्ने उल्लेख छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार दावी विरोध परेको र आवश्यक अनुसन्धान गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन पूर्व जानकारी गराउने जनाएको छ ।

उम्मेदवारमाथि दावी विरोध परेपछि अब निर्वाचन समितिले छानबिन गरि आवश्यक निर्णय लिने बुझिएको छ ।

उम्मेदवारले दर्ता गराएको दावी विरोध पत्र सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?