जापानको कोबेमा गोरखा निवासी गुरुङको आकस्मिक निधन

टोकियो । जापानमा एक नेपालीको असमायिक निधन भएको छ ।

गोरखा घ्याल्चोक निवासी २६ वर्षीय डम्बर गुरुङको असमायिक निधन भएको हो ।

जापानको कोबेस्थित आर्ट सेन्मोन गाक्कोमा अध्यनरत गुरुङ बेलुकी १० बजे कामबाट फ़र्किएपछि खाना खाई सुतेका उनी बिहान ६:३0 बजे आसपासमा एक्कासी चिच्याएपछि अचेत अवस्थामा पुगेको र लगतै कोबे च्युओं अस्पताल लगिए पनि करिव ९ बजे डाक्टरले मृत्यु भईसकेको जानकारी गराएको उनका साथी राजन सापकोटाले बताए ।

मृत्यु केकति कारणले भयो भन्ने एकिन नभएको र पोष्ट मार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?