एनआरएनए जापानको आठौं अधिवेशनका लागि निर्वाचन नियमावली सार्वजनिक, यस्ता छन् व्यवस्था

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आठौं अधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन नियमावली सार्वजनिक गरेको छ ।

ओम गुरुङ संयोजक रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयन सम्बन्धी सम्पूर्ण कामहरु गर्ने छ ।

समितिमा डा. बेद प्रसाद काफ्ले, मेघराज नेपाल, डा. भुपाल श्रेष्ठ र पुस्कर थापा रहेका छन् । निर्वाचन नियमावली अनुसार एनआरएनए जापानको कुनै पनि पदमा उम्मेदवारी दिनका लागि संघको सदस्य कायम रहेको र निर्वाचनका लागि समितिले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा नाम भएका पञ्जिकृत सदस्यहरु मात्र योग्य ठहरीने छन् ।

जस अनुसार अध्यक्षका लागि क्षेत्रीय समिति वा राष्ट्रिय सम्वन्वय परिषद्को कुनै पनि पदमा कम्तिमा एक कार्यकाल सम्पन्न गरेका व्यक्ति मात्र योग्य हुनेछन् भने अन्य पदका लागि सम्वन्वय परिषद्को सदस्य, सल्लाहकार, क्षेत्रीय कार्यकारी सदस्य वा सल्लाहकार भएको हुनुपर्ने छ ।

यस्तै सदस्यका उम्मेदवारहरुलाई भने मतदाता नामावलीमा नाम भए पुग्ने छ । निर्वाचन नियमावलीमा अध्यक्ष सहित एक जना बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महिला उपाध्यक्ष, एक जना महासचिव, एक जना सचिव, एकजना कोषाध्यक्ष रएक जना सह कोषध्यक्ष सहित जम्मा नौ जना पदाधिकारीको चुनाव हुने उल्लेख छ ।

यस्तै पाँच जना सदस्य र एक जना महिला सदस्य पनि चयन हुने छन् । यस्तै अन्तर्राष्ट्रिय सम्वन्वय परिषद्मा एनआरएनए जापानका तर्फबाट छ जना प्रतिनिधि चयन हुने व्यवस्था नियमावलीमा उल्लेख छ ।

नियमावलीमा अध्यक्षका लागि उम्मेवदार बन्न ३००,००० जापानी येन दर्ता शुल्क लाग्ने उल्लेख गरिएको छ ।यस्तै बरिष्ठ उपाध्यक्षका लागि २५०,०००, उपाध्यक्षका लागि २१०,००० र महासचिवका लागि १८०,००० जापानी येन दर्ता शुल्क लाग्ने नियमावलीमा उल्लेख छ । यस्तैसचिवका लागि १५०,०००, कोषाध्यक्षका लागि १२०,००० सह कोषाध्यक्षका लागि १००,००० र सदस्यका लागि ७०,००० जापानी येन लाग्ने उल्लेख छ ।

उम्मेदवारी दर्ता गर्न चाहनेले उम्मेदवारी दर्ता फारममा सम्पुर्ण विवरण उल्लेख गरि पैसा तिरेको रसिद सहित दर्ता गराउनुपर्ने छ । विद्युतीय अर्थात् अनलाईन प्रणालीबाट मतदान गरिने र मतदानको तरिका र वेभसाइटका बारेमा मतदातालाई जानकारी गराइने पनि उल्लेख छ । मतदान ३ तारिखमा हुने छ भने मत गणना र परिणाम सार्वजनिक सेप्टेम्बर ४ तारिखमा गरिने र दश तारिखमा सपथ ग्रहण गराइने नियमावलीमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.nepalsandesh.com/wp-content/uploads/2017/08/कार्य-तालिका-२०१७.pdf” title=”कार्य तालिका २०१७”] कार्य तालिका २०१७ निर्वाचन नियमावली २०१७ – अन्तिम [pdf-embedder url=”https://www.nepalsandesh.com/wp-content/uploads/2017/08/निर्वाचन-नियमावली-२०१७-अन्तिम.pdf” title=”निर्वाचन नियमावली २०१७ – अन्तिम”] Application-form [pdf-embedder url=”https://www.nepalsandesh.com/wp-content/uploads/2017/08/Application-form.pdf”] Candidacy-withdrawal-form [pdf-embedder url=”https://www.nepalsandesh.com/wp-content/uploads/2017/08/Candidacy-withdrawal-form.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?