पासवर्ड र आइडी विर्सिएका सदस्यहरुलाई निर्वाचन समितिले अन्तिम अवसर दिने (नामावलीसहित)

टोकियो । सदस्यता लिएर आइडी र पासवर्ड विर्सिएकाहरुलाई निर्वाचन समितिले सहजीकरण गरिदिने भएको छ ।

सेप्टेम्बर तीन तारिखका दिन नयाँ नेतृत्व चयन हुने भएकाले सदस्यता लिएर पासवर्ड र आइडी विर्सिएकाहरुका लागि सहजिकरण गर्न लागिएको हो ।

आवेदकहरुले अगस्ट ५ तारिख दिउँसो एक बजेबाट १० तारिख साँझ पाँच बजेसम्म आफ्नो बारेमा जानकारी गराउनु पर्ने एनआरएनए जापानले जनाएपनि निर्वाचन समितिले ५ दिन थप गरी १५ तारिखसम्मलाई खुल्ला गरिएको निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्लाईन प्रणाली मार्फत आफ्नो मताधिकार प्रयोग गर्नको लागि हरेक मतदाताले आफ्नो आईडी तथा पासवर्ड प्रयोग गर्नु पर्ने भएकोले सुरक्षित गर्न निर्वाचन समितिले अनुरोध गरेको छ ।

सहजिकरणका लागि नाम, जन्म मिति, फोन नम्वर र एनआरएनए आईडी नम्वर उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

निर्वाचन समितिले ०८०-४४२४-०८८७ र ०८०–५४३६–७९५१ मा सम्पर्क गरि सूचना लिन सकिने व्यवस्था समेत मिलाइएको छ ।

गैरआवासीय नेपाली संघ जापानको अधिवेशन अगस्त १३ र निर्वाचन सेप्टेम्वर ३ तारिख हुनेछ ।

01 Verified members – Kanto

02 Verified members – Nagoya

03 Verified members – Kansai

04 Verified members – Fukuoka

05 Verified members – Okinawa

06 Verified members – Hiroshima

07 Verified members – Hokkaido

08 Verified members – Niigata

09 Verified members – Sizuoka

10 Verified members – Nagano

11 Verified members – Gunma

12 Verified members – Tochigi

13 Verified members – Sendai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?