एनआरएनए जापानको कोषाध्यक्षमा कँडेलको उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि कोषाध्यक्षमा प्रेम कँडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

बागलुङको बिहुँकोटका स्थायीय बासिन्दा कँडेल एनआरएनए कान्तो क्षेत्रको उपाध्यक्ष भई काम गरिसकेका छन् ।

उनले आफुलाई कोषाध्यक्षमा निर्वाचित गरि एनआरएनए जापानको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने काममा सहयोग गर्न जापानबासी नेपालीहरुमा आग्रह गरेका छन् ।

कडेलले संगठन बलियो बनाउन र आम जापानबासी नेपालीको हितमा एनआरएनलाई उभ्याउनका लागि आर्थिक पाटो पारदशी र मजबुद हुनुपर्ने उल्लेख गर्दै यसका लागि आफुले योजना बनाएको दाबी गरेका छन् ।

उनले जापानमा रहेका एनआरएन नेपालीहरुको अधिकार स्थापित गर्ने कामका लागि आफु सधैं लड्दै आइरहेको उल्लेख गर्दै यस पटक आफुलाई निर्वाचित गराएर काम गर्ने अवसर दिन आग्रह समेत गरेका छन् ।

कँडेलले आफु निर्वाचित भए सबैलाई सन्तुष्ट पारेर काम गर्ने पनि बताएका छन् । कडेलले अनावश्यक प्रतिवद्धता जारी गर्नुभन्दा काम गरेर देखाउनु नै बुद्धिमानी हुने भएकाले आफु सधैं काममा मात्रै विश्वास गर्ने उल्लेख गरेका छन् ।

संक्षिप्त घोषणापत्र सहित चुनावी मैदानमा आएका कँडेलले एनआरएनए जापानको कोषाध्यक्षमा आफ्नो विकल्प नरहेको दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?