काममा विश्वास गर्न आग्रह गर्दै कार्कीले गरे सदस्यमा उम्मेदवारी घोषणा

टोकियो । यहि सेप्टेम्बर ३ तारिखका दिन हुन गैरहेको एनआरएनए जापानको अधिवेशनमा नेतृत्वका आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यही सन्दर्भमा कुमार कार्कीले रोचक विषय समेटी संक्षिप्त घोषणा पत्र सहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले घोषणा पत्रको सुरुवात नै अचम्म नमान्न आग्रह गर्दै लेखेका छन् । कार्कीले घोषणा पत्रमा नभै काममा विश्वास गर्ने जापानवासी नेपालीहरुलाई धेरै कुरा गर्नै नपर्ने उल्लेख गर्दै आफु पराजित भए पनि परिणाम सहर्ष स्विकार गर्ने उल्लेख गरेका छन् ।

उनले कवितात्मक शैलीमा लेखेका छन्– ब्यस्त देशमा हाल ब्यस्तताको बाबजुद समाज सेवामा समर्पित मेरो भावना, एनआरएनएमा गएर या नगएर भएपनि समाज सेवा गर्ने मेरो चाहना ।

कार्कीले अन्य उम्मेदवारहरुको घोषणा पत्र आफुले अध्ययन गरेको उल्लेख गर्दै लामो लामो पत्रमा उल्लेख गरिएका कम्तिमा दश प्रतिशत काम गरेर देखाउन पनि चुनौती दिएका छन् ।

उनले यो चुनावमा आफ्नो घोषणा पत्र र कुनै नारा नभए पनि चुनाव जितेपछि काम गरेर सबैको प्रशंसाको पात्र बनेर देखाईदिने उल्लेख गरेका छन् ।

उनले जापानमा रहेका नेपालीहरु एनआरएनए प्रति ढुक्क हुन नसकेको उल्लेख गर्दै अब आफुले चुनाव जितेपछि निरन्तर नेपालीको सेवामा खटिएर एनआरएनएलाई विश्वासिलो, पारदर्शी र सबैको साझा चौतारीका रुपमा उभ्याउने प्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?