गलकोटको शैक्षिक र खेलकुद विकासका लागि जापानबाट पहल सुरु

टोकियो । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल मुल नाराका साथ स्थापना भएको गलकोट स्पोर्टस क्लब जापानले गलकोट क्षेत्रकोशैक्षिक र खेलकुद विकासका लवागि सम्वन्वय समिति गठन गरेको छ ।

बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यावसाय र अन्य विविध कामका लागि जापान आएका युवाहरुले यो क्लब स्थापना गरेका हुन् ।

अगस्ट एक तारिखका दिन बसेको कार्यसमितिको बैठकले गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागि क्लबका सचिव दुर्गाबहादुर खत्रीको संयोजकत्वमा गलकोट क्षेत्र भित्र पर्ने तारा गाउँपालिका र गलकोट नगरपालिकाका प्रत्येक वडाका प्रतिनिधी सम्मिलित गलकोट समन्वय समिती गठन गरेको छ ।

समिति मार्फत् गलकोट क्षेत्रका प्रत्येक वडामा रहेका सामुदायीक विद्यालयहरुको खेलकुद सँगै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आवश्यक सामग्री उपलब्ध गराउने र सामुदायीक विद्यालयहरुमा एक वर्ष भित्रमा ई-पुस्तकालयको स्थापना र त्यसको ब्यवस्थापनका लागि समन्वय गर्ने, गलकोटमा क्रियाशिल क्लबहरुसँग राष्ट्रिय खेल भलिबलको बिकासका लागि आवस्यक समन्वय गर्ने कामलाई तिब्रता दिइने छ ।

क्लबका अध्यक्ष रत्नसिंह बस्नेतले आफुहरु गलकोटको शैक्षिक र खेलकुद विकासका लागि अझै बढी क्रियाशील हुने बताए ।

गलकोट स्पोर्टस क्लब टोकियो खेलकुद र शैक्षिक बिकासका लागि नेपाल र जापानबीचको गतिशील पुल बन्न खोजिरहेको र यस अभियानमा समाहित हुनका लागी सम्पुर्ण बिकाशप्रेमी युवाहरुलाई हातेमालोका लागि सम्बन्धित निकायसम्म पहल गरिने क्लबका सचिव खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?