जापानी राजदूत ओगावासँग गृहमन्त्री शर्माले भने– सुरक्षाको चिन्ता नलिनुस्, आवश्यक प्रवन्ध मिलाउछौं

काठमाण्डौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि जापानी राजदुत मासासी ओगावाबीच शिष्टचार भेटघाट भएको छ ।
बिहीबार गृह मन्त्रालयमा भएको शिष्टचार भेटघाटमा गृह मन्त्री शर्माले जापान सरकारले नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको प्रसंसा गरे ।

गृह मन्त्री शर्माले जापान सरकारले विशेष गरी नेपालमा विपद व्यवस्थापनमा गरेको उल्लेख्य सहयोगबारे चर्चा गर्दै, छिट्टै सो कार्यका लागि स्वयमसेवकहरु पनि तयार गर्ने जानकारी गराए ।

उनले अब उद्धार कार्यमा स्थानिय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउदै, त्यसमा पनि जापान सरकारले सहयोगी हात बढाउने अपेक्षा गरेको बताए ।
साथै उनले लुम्बिनीमा एउटा अन्तराष्ट्रिय विमानस्थल बनाएर जापानका बौद्ध धर्मावलम्बीहरुलाई आगमन झनै सहज बनाउने सोच रहेको उल्लेख गरे ।

उनले मौसमका कारण माघ ७ गते भन्दा पनि मंसिर भित्रै निर्वाचनहरु शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने योजना रहेको समेत बताए ।

त्यसैगरी नेपालका लागि जापानी राजदुत मागासी ओगावाले दोस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेकोमा गृह मन्त्री शर्मालाई बधाई दिए ।

जापानी राजदुत ओगावाले निर्वाचनका क्रममा १३ वटा मतदान केन्द«हरुमा अवलोकन कार्यमा सहयोग गरेको जानकारी गराउदैँ आगामी तेस्रो चरणको स्थानिय, प्रदेश र प्रतिनिधी सभाका निर्वाचनहरु पनि शान्तिपुर्ण तरिकाले सम्पन्न गराउन् शुभकामना दिए ।

राजदुत ओगावाले नेपालमा जापानी कुटनितीज्ञहरु र जाइकाका कर्मचारीहरु ढुक्ककासाथ बसेको जिकीर गर्दै भविष्यमा पनि उनीहरुका लागि यस्तै सुरक्षा अवस्थाको अपेक्षा गरेको बताए ।

यस विषयका मन्त्री शर्माले नेपालले पाहुनाहरुको सुरक्षाका विषयमा विश्वस्थ रहन आग्रह गर्दै, थप सुरक्षा आवश्यक परे त्यसको पनि व्यवस्था गर्ने बताए ।

यसैक्रममा जापानी राजदुतले बर्षेनी करिब २० हजार जापानी पर्यटहरु भ्रमणका लागि नेपाल आउने गरेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?