चौतर्फी आलोचनापछि एनआरएनए जापानले उम्मेदवारी शुल्क घटायो, यस्तो छ नयाँ व्यवस्था

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आगामी कार्यकालको नेतृत्वमा जानका लागि उम्मेदवारी दिनेहरुले तिर्नुपर्ने शुल्क घटाएको छ ।

मंगलबार एनआरएनए जापानले नयाँ नेतृत्वका आकांक्षीहरुलाई उम्मेदवारी दिन एक लाख देखि छ लाख जापानी येनसम्म शुल्क लाग्ने सूचना जारी गरेको थियो । तर, यसको चौतर्फी विरोध पश्चात् उम्मेदवारी शुल्क घटाएको हो ।

नयाँ व्यवस्था अनुसार अब सदस्यमा उम्मेदवार हुन चाहनेले ७० हजार जापानी ऐन बुझाउनु पर्ने छ । यस्तै सह–कोषाध्यक्षका लागि एक लाख, कोषाध्यक्षका लागि एक लाख २० हजार शुल्क लाग्ने छ ।

यस्तै सचिवका लागि एक लाख ५० हजार र महासचिवका लागि एक लाख ८० हजार जापानी येन शुल्क तिर्नुपर्ने छ ।

उपाध्यक्षका लागि दुई लाख १० हजार, बरिष्ठ उपाध्यक्षका लागि दुई लाख ५० हजार जापानी येन उम्मेदवारी शुल्क लाग्ने छ । अध्यक्षका लागि तीन लाख र आईसीसी सदस्यका लागि तीन लाख ५० हजार जापानी येन उम्मेदवारी शुल्क लाग्ने छ ।

यस अघि उम्मेदवारी दर्ता शुल्क महंगो राखिएको भन्दै एनआरएनए जापानको चर्को आलोचना भएको थियो । आइसीसीमा उम्मेदवार हुन भन्दा बढी शुल्क राखिएको भन्दै जापानमा रहेका नेपालीहरुले एनआरएनए जापानको आलोचना गरेका थिए ।

एनआरएनए जापानले बुधबार फेरि अर्को सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सहित उम्मेदवारका लागि नयाँ शुल्कको व्यवस्था गरेको हो । एनआरएनए जापानको नयाँ नेतृत्व चयनका लागि सेप्टेम्बर ३ तारिखका दिन निर्वाचन हुँदै छ ।

यो पनि पढ्नुहोस्

एनआरएनए जापानको निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता शुल्क १ लाख देखि ६ लाखसम्म

विज्ञप्ति जस्ताको त्यस्तै

[pdf-embedder url=”https://www.nepalsandesh.com/wp-content/uploads/2017/08/सूचना-000.pdf” title=”सूचना 000″]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?