एनआरएनए जापानको सचिवमा शाहीले गरे उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको भावी नेतृत्वका लागि रस्सा कस्सी सुरु भैसकेको छ । सन् २०१७–०१९ का लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भैरहेका छन् ।

यही सन्दर्भमा जनक विक्रम शाहीले पनि आफुले जित्नैपर्ने दाबी सहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बर्दिया मैत्री समाज जापानको अध्यक्षका रुपमा सामाजिक कामहरुमा संलग्न शाहीले यस पटक आफुलाई एनआरएनए जापानको सचिवमा जिताउन जापानबासी नेपालीहरुमा अपिल समेत गरेका छन् ।

शाहीले आफु सचिव पदमा निर्वाचित भए संस्थाको कार्यालय व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । उनले जापानमा क्रियाशील विभिन्नसंघ संस्थाहरुसँग समेत समन्वय गर्दै एनआरएनए जापानलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले एनआरएनए अभियानमा स्वयं सेवकको भावना बढाउन र सबैको साझा संस्था निर्माणको अभियानमा आफुले नेतृत्व गर्ने उल्लेख गर्दै जापानका विभिन्न क्षेत्रमा रहेका र विभिन्न पेशा, ब्यवसायमा रहेका सबै नेपालीलाई एनआरएनएको पहुँचमा ल्याउनका लागि आफु लागि पर्ने बताएका छन् ।

उनले एनआरएन अभियानको पहुँचमा आइन पुगेका नेपालीलाई समेट्न एउटा विशिष्ठ समिति बनाएर काम थाल्ने पनि उल्लेख गरेका छन् । उनले रेष्टुरेण्टहरुमा कार्यरत कुक, विद्यार्थी, डिपेण्डेन भिषामा आएकाहरु र ट्रेनिङ् कामदारका रुपमा आएकाहरुलाई बिमाको व्यवस्था गर्ने, सामाजिक सुरक्षाका बारेमा चेतना मुलक कार्यक्रम सञ्चालन गर्नेर उच्च शिक्षा र रोजगारीका अवसर प्रदान गर्नका लागि नेपाली दूतावास ससमेतको समन्वयमा विभिन्न कार्यशालाहरुको आयोजना गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

शाहीले आधुनिक प्रविधिको प्रयोगमा एनआरएन जापानलाई डिजिटलाईजेशनमा लैजाने, जापानमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई सुरुवाती चरणमा पर्न सक्ने समस्या समाधानका लागि एनआरएनएले पहल थाल्ने, २४ घण्टे हेल्प लाईनको व्यवस्था गर्ने लगायतका योजना ल्याएका छन् ।

उनले नेपालमा जापानी लगानी भित्राउन र जापानमा पर्यटन प्रवद्धन गर्नका लागि एनआरएनका तर्फबाट महत्वपूर्ण भूमिका खेल्नका लागि पनि आफुले पहल गर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?