एनआरएनए जापानको उपाध्यक्षमा भिड्ने न्यौपानेको घोषणा, यस्ता छन् सात बुँदे घोषणा पत्र

टोकियो । विगत दश वर्ष देखि जापानमा रहदै आएका जीवन न्यौपानेले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

जापानमा रोजगारी र व्यवसायसँगै सामाजिक कामहरुमा पनि सक्रिय रहदै आएका न्यौपानेले उपाध्यक्ष पदमा काम गर्ने मौका दिन जापानबासी नेपालीहरुमा आग्रह समेत गरेका छन् ।

इमान्दार, समझदार र समाज प्रति जिम्मेवारी वहनका लागि आफुले उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै न्यौपानेले उपाध्यक्ष पदमा आफ्नो विकल्प नरहेको दाबी समेत गरेका छन् ।

एनआरएनए जापानको केन्द्रीय कार्यसमितिमा सक्रियता पुर्वक काम गरिसकेका न्यौपाने स्याङजा समाज जापानको संस्थापक अध्यक्ष एवं आजीवन संरक्षक समेत हुन् ।

उनले स्याङजा जिल्लका दुर्गमका विभिन्न दश विद्यालयहरुमा अक्षय कोष स्थापना गराएका छन् भने महाभूकम्पका बेला एक सय घर परिवारका भूकम्प पीडितहरुलाई जस्ता वितरण गरेका थिए ।

विभिन्न जिल्लामा स्वास्थ्य सामग्री वितरण, खेलकुद सामगग्री वितरण अपांग मैत्री भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने देखि जापानमा आकस्मिक मृत्‍यु भएका दिपक केसीको परिवारका निम्ति रु ९ लाख बराबरको रकम उनको आमाको नाममा मुद्वती खातामा जम्मा गरि दिने सम्मका सामाजिक काम गरेका न्यौपानेले एनआरएनए जापानको उपाध्यक्षमा आफुलाई विजयी गराउन जापानबासी नेपालीमा आग्रह गरेका छन् ।

उनले आफ्ना विभिन्न योजनाहरु लागु गर्नका लागि एक पटक अवसर दिनेमा ढुक्क रहेको पनि बताए । न्यौपानेले गैरआवासीय नेपाली संघ जापानमा एक साधारण व्यक्ति पनि सहभागी हुन सक्छ भन्ने अपनत्व महसुस हुनेगरि संगठन निर्माणका लागि आफुले योजना बनाएको बताएका छन् ।

उनले जापानभारी रहेका राजनैतिक र सामाजिक संस्थासंग सुमधुर सम्बन्ध राखी हातेमालो गर्दै अगाडि बढ्न र क्षेत्रीय कमिटिसँग समन्वय गरि विभिन्न चेतनामुलक र सास्कृतिक कार्यक्रम मार्फत् एनआरएनए रातह कोषमा रकम बढाउनका लागि आफुले विशेष योजना बनाउने प्रतिवद्धता जनाएका छन् ।

उनले नेपाली उत्पादन र संस्कृतिलाई जापानमा प्रवर्धन गर्न र नेपालमा पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि जापानमा विशेष अभियान चलाउन पहल थाल्ने पनि बताएका छन ।

उनले जापानमा रहेका नेपाली युवा समुहलाई खेलकुद मार्फत् एकताबद्ध बनाएर युवा परिचालन गर्दै एनआरएनएलाई सबैको साझा संस्था निर्माणका लागि आफ्नो प्रयास रहने उल्लेख गर्दै यसका लागि आफुसँग विशेष योजना रहेको बताएका छन् ।

न्यौपानेले नेपाली विद्यार्थी, कुक र व्यवसायीका समस्यालाई बुझेर समाधानका लागि एनआरएनका तर्फबाट सामुहिक प्रयास गर्नका लागि पनि आफुलाई विजयी गराउन आग्रह गरेका छन् ।

सकारात्मक सोच र युवामा भएको जोश आफुसँग रहेकोले आउँदो एनआरएनए जापानको चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै न्यौपानेले एनआरएन जापानलाई पारदर्शी, चलायमान र सबैको साझा नेतृत्व स्थापनाका लागि आफ्नो विकल्प नरहेको दाबी समेत गरेका छन् ।

यस्ता छन् सात बुँदे घोषणा पत्र

आदरणीय जापानवासी आमा-बुवा, दाजु -भाई, दिदी-बहिनी तथा सम्पुर्ण मित्रहरुमा नमस्कार !

‘इमान्दार, समझदार र समाज प्रति जिम्मेवारी वहनका लागि लागि मेरो उम्मेदवारी’

जापान प्रवेश गरेको करिव १० वर्षको अवधिमा यहाका अन्य सामाजिक संगठनहरुमा काम गरेको अनुभव र सिकाइको साथै गैरआवासीय नेपाली संघ जापानको २ वर्षे कार्यकालको सुरुवातदेखि नै सक्रिय रुपमा लागि परेको कुरा यहाहरु माझ सर्वविदितै छ । स्याङ्जा समाज जापानको सस्थापक अध्यक्ष हुदै हाल आजीवन संरक्षकको रुपमा आफ्नो कार्य सम्पादन गरिरहेको अवस्थामा मैले एनअारएनए जापानको केन्द्रीय कार्यसमितीमा रहेर २ वर्षमा जति कुराहरु सिक्ने अवसर पाए, अबको कार्यकालमा मेरा योजनालाई कार्यन्वयन गर्नको निम्ति समूहमा मिलेर काम गर्न सक्ने अवस्थामा पुगेको छु । संस्थाभित्र रहेका विकृति र विसंगति विरुद्व लड्नको निम्ति म हरेक तरिकाले खटेर लाग्ने कुराको प्रतिवद्वता जनाउन चाहन्छु । मैले हालसम्म स्याङ्ग्जा समाज जापानसँग रहेर निम्न कामहरु गर्ने अवसर पाएको छु ।

१. स्याङ्ग्जा जिल्लाका १० वटा विद्यालयमा अक्षय कोष स्थापना ।

२. भूकम्पको समयमा १०० घरपरिवारको निम्ति जस्तापाता वितरण ।

३. स्वास्थ्य सामाग्री (प्रेसर मेसिन, डिजिटल थर्मोमिटर) तथा खेलकुद सामाग्री (भलिबल र नेट) वितरण ४. अपाङ्ग भवन निर्माणका निम्ति रु ५० हजार हस्तान्तरण ।

५. जापानमा आकस्मिक मृत्‍यु भएका दिपक केसीको परिवारका निम्ति रु ९ लाख बराबरको रकम उनको आमाको नाउमा मुद्वती खातामा जम्मा ।

६. एनआरएनए जापानले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय उपस्थिति र जिम्मेवारी बहन । आगामी कार्यकालका निम्ति मेरो योजनाहरु:

१. गैरआवासीय नेपाली संगठन जापानमा एक साधारण व्यक्ति पनि सहभागी हुन सक्छ भन्ने अपनत्व महसुस हुने संगठन निर्माणका निम्ति ।

२. जापानभारी रहेका राजनैतिक र सामाजिक संस्थासंग सुमधुर सम्बन्ध राखी हातेमालो गर्दै अगाडि बढ्न ।

३. क्षेत्रीय कमिटिसँग समन्वय गरि विभिन्न चेतनामुलक र सास्कृतिक गर्ने र कोष व्रिध्दिको निम्ती पहल गर्ने ।

४. नेपालि उत्पादन र सस्क्रीतीलाई जापानमा प्रवर्धन गर्न प्रयास गर्ने ।

५. नेपालमा पर्यटन क्षेत्रको विकाश गर्नको निम्ती जापानीलाई नेपाल भित्र्याउने अभियान चलाउने ।

६. युवाका लागी खेलकुद मा बिशेष पहल गर्नै छु ।

७. विद्यार्थी, कुक र व्यवसायीका समस्यालाई बुझेर समाधान तर्फ अग्रणी भूमिका निभाउने ।

एनआरएनए एक गैर राजनीतिक र गैर-नाफा मूनाफा मूलक संस्था भएकोले आफू पनि सामाजसेवा गर्न सधै उत्सुक रहेको र आफूले सिकेको र बुझेको कुरालाई सबै माझ पुर्याउन चाहन्छु । सकारात्मक सोच र युवामा भएको जोश आफुसंग रहेकोले आउँदो एनआरएनए जापानको चुनावमा “उपाध्यक्ष” पदमा उम्मेदवारी दिएकोले यहाँहरुको सहयोग र साथको अपेक्षा राख्दछु । धन्यवाद ।

जीवन न्यौपाने

उपाध्यक्ष पदका उम्मेदवार

राष्ट्रिय समन्वय परिषद, जापान (सन् २०१७-०१९)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?