नौ बुँदे प्रतिवद्वता सहित रेग्मीले गरे महासचिव पदमा उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि आकाक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

यहि क्रममा बिशेश्वर रेग्मीले आफ्ना नौ बुँदे प्रतिवद्वता सहित उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानको सन् २०१०–०११ र २०११–०१३ गरि दुई कार्यकाल कार्यकारी सदस्यका रुपमा काम गरिसकेका रेग्मीले एनआरएनएलाई सबैको साझा चौतारीका रुपमा अघि बढाउन महासचिवमा उम्मेदवारी दिनु परेको बताएका छन् ।

उनले संस्थालाई सबैको भावना र सामूहिक नेतृत्वमा अघि बढाउनका लागि अनुभवी, योग्य र उर्जाशील नेतृत्वको अभाव रहेकाले आफू अघि सर्नु परेको पनि बताएका छन् । रुकुम स्थायी ठेगाना भएका रेग्मी १२ वर्ष देखि जापानमा छन् । सन् २००५ मा जापान आएका रेग्मीले जापानकै रिक्क्यो विश्व विद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

रेग्मीले आफ्नो उम्मेदवारी घोषणा गर्दै नौ बुँदे प्रतिवद्धता समेत जनाएका छन् । उनले संस्थालाई प्रभावकारी बनाउनका लागि अध्यक्ष र महासचिवका बीचमा प्रभावकारी समन्वयको खाँचो औल्याएका छन् ।

रेग्मीले एनआरएनए जापानलाई सबैको संस्थाका रुपमा प्रस्तुत गर्ने वातावरण तयार गर्नका लागि आफू लागि पर्ने बताएका छन् ।

उनले एनआरएनएका १३ वटै क्षेत्रमा ‘मिनी नेपाल डे’ को आयोजना गर्ने र नेपाललाई जापानमा चिनाउने काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपालको पर्यटन प्रवर्दनका लागि जापानस्थित नेपाली दूतावास, नेपालको पर्यटन बोर्ड, मन्त्रालय लगायतका सरकारी र गैह सरकारी निकायसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

रेग्मीले एनआरएनए जापानलाई पारदर्शी, मितव्ययी र चलायमान संस्था बनाउनका लागि चौबिसै घण्टा काममा खटिने बाचा समेत गरेका छन् ।

रेग्मीको नौ बुँदे प्रतिवद्वता पत्र पढ्नुहोस्

 

[pdfjs-viewer url=”http%3A%2F%2Fjapansandesh.com%2Fwp-content%2Fuploads%2F2017%2F07%2F%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A4%A7%E0%A5%8D%E0%A4%A6%E0%A4%A4%E0%A4%BE-date-correction.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?