अन्तर महादेशीय मिसाइल परिक्षणमा उत्तर कोरिया सफल, जापानी सागरमा फेरि विष्फोटन

काठमाडौं । उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । यो सँगै कोरिया प्रायद्धिपमा नयाँ तनाव सुरु भएको छ । 

उत्तर कोरियाले जापानको समुद्री क्षेत्रतर्फ लक्षित गरी अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।

मिसाइल जापानको समुद्री क्षेत्रमा खस्नुअघि जमिनबाट तीन हजार किलोमिटर माथि पुगेको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेले जनाएको छ ।

उत्तर कोरियाले तीन हप्ताअघि पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियाले अहिले परीक्षण गरेको मिसाइल तीन हप्ताअघि परीक्षण गरेको मिसाइलभन्दा बढी क्षमताको रहेको जनाएको छ ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको अमेरिका, दक्षिण कोरिया, जापानसहितका देश संयुक्त राष्ट्रसंघले निन्दा गरेका छन् ।

उत्तर कोरियाले सन् २०१७ लागेपछि १४ पटक मिसाइल परीक्षण गरिसकेको छ ।

मिसाइल परीक्षणको प्रतिक्रियास्वरुप अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका छन् । त्यसक्रममा जमिनबाट जमिनमा मार हान्न सकिने मिसाइलको प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?