अर्घाखाँची समाज जापानले तीज उत्सव मनाउने, महिलालाई निशुल्क दर खुवाइने

टोकियो । अर्घाखाँची समाज जापानले यो वर्ष पनि तीज उत्सव मनाउने भएको छ । अगस्ट २० तारिकका दिन तीज उत्सव कार्यक्रमको आयोजना गर्न लागिएको समाजका उपाध्यक्ष नेत्र बिष्टले जानकारी दिए ।

गत साता टोकियोको शिनोकोबुस्थित डबका नेपाली रेष्टुरेण्टमा बसेको समाजको बैठकले अगस्ट २० का दिन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।

आयोजकले अर्घाखाँचीबाट जापानका विभिन्न स्थानमा आई विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई कार्यक्रममा उपस्थित हुन आह्वान समेत गरेको छ ।

कार्यक्रममा अर्घाखाँचीबाट जापान आई बसोबास गरेका महिलाहरुलाई निशुल्क दर खुवाईने छ भने पुरुषहरुलाई भने दुई हजार जापानी येन शुल्क तोकिएको छ ।

कार्यक्रम अगस्ट २० का दिन साँझ ५ बजेबाट टोकियोस्थित शिनोकोबुको बारकाडेको सभाहलमा हुने छ ।

कार्यक्रममा चर्चित लोकदोहोरी गायक सुर्य खड्का, चेतन घर्ती लगायत नेपालबाट आउने बालकलाकार आयुस टण्डनको विशेष साँस्कृतिक प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?