चार निर्दोश जापानी, विनाकारण चिनियाँ जेल बसे, अन्तिममा अभियोग नै प्रमाणित भएन

टोकियो । चीनमा पक्राउ परेका छ मध्ये चार जापानी छुटेका छन् । चीनमा मार्चदेखि अनधिकृत गतिविधि सञ्चालन गरेको आशंकामा उनीहरु पक्राउ परेका थिए । छ मध्ये चार जापानी नागरिक सान्डोङ र हैनान् प्रान्तमा गत मार्चमा पक्राउ परेकाहरु छुटेका छन्, जापान सरकारका प्रवक्ताले भने ।

चाइना सरकारले संदिग्ध गतिविधि गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाएको छ ।

तर उनीहरु निर्दोष ठहरीएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यी दुई क्षेत्रमा चीनको ठूला बेश क्याम्हरु रहेका छन् । जापानको एक कम्पनीले चार मध्ये तीन जना आफ्ना कम्पनीका कामदार रहेको र उनीहरु काममा फर्किएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?