नेतृत्व गर्ने क्षमता आफुमा नभएको भन्दै जापानकी यी नेतृले दिइन् पदबाट राजिनामा

टोकियो । जापानको डेमोक्रयाटिक पार्टीकाी मुख्य नेता रेहोनले राजिनामा दिएकी छिन् । टोकियो महानगरपालिकामा अघिल्लो महिना भएको निर्वाचनमा पार्टीको कमजोर उपस्थिति भएको भन्दै उनले नैतिकताको आधारमा राजिनामा दिएकी हुन् ।

उनले टोकियोमा एउटा पत्रकार सम्मेलन गरेर आफुले पार्टीको मुख्य नेताको रुपमा राजिनामा दिएको र नयाँ नेतृत्वलाई स्वागत गरेको बताइन् । उनको पार्टी जापानको मुख्य विपक्षी दल हो ।

टोकियोको विधानसभा निर्वाचनपछि आफूमा भएका कमजोरी आफूलाई थाहा भएको उनले बताइन् ।

आफ्नो नेतृत्व गर्ने क्षमता कम भएको भन्दै पदबाट राजिनामा दिएको उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?