यसपालीको तीजमा दिलेन्द्रको ‘झुम्का हरायो’

टोकियो । हरितालीका तीज पर्व आउनै लाग्दा बजारमा तीजका भाकाका विभिन्न गीतहरु बजारमा आइरहेका छन् । यसपालीको तीजलाई लक्षित गर्दै गायक तथा संकलक दिलेन्द्र जोशीले ‘झुम्का हरायो…’ बोलको लोक कोसेली बजारमा ल्याएका छन् ।

जापानको फुकुओकामा बस्दै आएका जोशीले सुदुर पश्चिमको देउडा देखि सुदुर पुर्वको लोकभाका समेत संकलन र गायनमा दख्खल राख्दछन् ।

छोटो समयमै चर्चित लोक गायक र संकलकको परिचय बनाउन सफल जोशीको झुम्का हरायो तीज गीत अहिले युट्युबमा पनि लोकप्रिय बनिरहेको छ ।

देउडा भाकाको तीज गीत नौलो हो । जोशीले आफुले निकै मेहनत गरेर शब्द संकलन गरेको बताउँदै एक पटक फरक खालको तीज गीत सुन्न रहेरिदिन आम नेपाली दर्शक स्रोतमा आग्रह गरेका छन् ।

झुम्का हरायोमा जोशी आफैंले स्वर,शब्द र संगीत दिएका छन् । जोशीलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् ।

म्युजिक भिडियोमा मोडल शंकर बिसी र आरुसी मगरले अभिनय गरेका छन् । एल्बमको बजार ब्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?