जापानको आकितामा अहिलेसम्मकै सबैभन्दा बढी वर्षा, रेल स्टेसन बन्द, पानीको बहाव उच्च विन्दुमा

टोकियो । उत्तरी जापानको आकिता क्षेत्रमा लगातार मुसलधारे पानी परेको छ । लगातारको वर्षासँगै त्यस क्षेत्रका नदीहरुमा पानीको बहाव उच्च विन्दुमा पुगेको छ भने भूक्षयको सम्भावना उत्तिकै बढेको छ । जापानको मौसम पुर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि आइतबार साँझसम्म आइता हवाई अड्डाको आसपासमा ३५० मिलिलिटर वर्षा भएको थियो भने सोमबार मध्यान्ह सम्म यो दरमा केही कमी आएको छ ।

यो रेकर्ड आइता क्षेत्रका केही स्थानमा जुलाई महिनाभर परेको पानीको सबै रेकर्ड जोड्दा पनि बढी हुन आउँछ ।

निरन्तरको वर्षाले केही स्थान जलमग्न भएका छन् ।

आइतबार दिनभर बन्द रहेको आकिता–मोरिओका रेल सेवा सोमबार केही समय चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?