जापानमा फेरि एक नेपाली युवाको मृत्यु

टोकियो । जापानमा कार्यरत एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको छ । नेपालको नवलपरासी स्थायी ठेगाना भएका ३१ वर्षीय हृदयस जिसीको सडक दुर्घटनामा परि मृत्यु भएको हो । जिसीको उपचारका क्रममा मृत्यु भएको र उनी सवार सवारीका चालकलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुन्माकेनको ओईजुमीमाचीमा बस्दै आएका जिसी आइतबार स्थानीय हाट बजार अवलोकनका लागि गएका थिए ।

फर्कने क्रममा सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

सन् २०१५ मा प्रशिक्षार्थीका रुपमा जापान आएका जिसीले गत वर्ष नेपाल गएर विवाह समेत गरेका थिए । जिसीकी श्रीमती नेपालमै रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?