जापानसँगको आणविक सम्झौता कार्यान्वयन, भारतलाई फाइदा, जापानमा विरोध

टोकियो । शान्तिपुर्ण गतिविधिका लागि जापानद्वारा भारतको परमाणु शक्ति सम्बन्धी बस्तु निर्यात गर्न अनुमति दिने एक सम्झौता लागु भएको छ ।
भारतका लागि जापानी राजदूत केन्जी हिरामात्सु र भारतका विदेश सचिव एस जयशंकरबीच नयाँ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

गत वर्षको नोभेम्बरमा दुई देशबीच यो सन्धीमा हस्ताक्षर भएको थियो ।

यो सम्झौता लागु भएपछि दुई देशले परमाणु सामग्री तथा परमाणु विद्युत् गृहका लागि आवश्यक सामग्री आदान प्रदान गर्न पाउने छन् ।

तर, जापानका केही अधिकारीहरु भने यो सम्झौता कार्यान्वयनका क्रममा केही जटीलता आउनसक्ने तर्फसचेत देखिएका छन् ।

केही पुर्व सरकारी उच्च अधिकारीहरु भने यो सम्झौताको विरोधमा देखिएका छन् ।

यो सम्झौता लागुभएपछि अब भारतले जापानबाट आणविक उर्जा उत्पादन सामग्री ल्याउन पाउने छ भने यो भारतका लागि फाइदाजनक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?