खरेलको अन्त्येष्टि शनिबार बिहान माचियामा गरिने

टोकियो । शंकास्पद मृत्यु भएका सफल ब्यावसायी तथा समाजसेवी भिमलाल खरेलको २२ तारिखका दिन बिहान ९ बजे अन्त्येष्टि हुने भएको छ ।

पोष्टमार्टम रिपोर्ट अनुसार खरेलको हृदयघातका कारण मृत्यु भएको हो । टोकियो स्थित मिनामीसेन्जुमा बस्दै आएका खरेलको गत शनिबार राति शंकास्पद मृत्यु भएको थियो ।

५५ वर्षीय खरेलको नेपालमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ स्थायी ठेगाना हो । मिनामीसेन्जु शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा शाखा सञ्चालन गर्दै आएका खरेल घर नजिकैको फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्ट तर्फ जाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

खरेलका दाजु दाजु शेषकान्त खरेलका अनुसार खोलामा मृतअवस्थामा भेटिएको थियो ।

अर्को रेष्टुरेण्टमा हिड्नेबेला फोनगरेका खरेलकोराति साढे ९ बजे मोबाइल अफ भैसकेको थियो ।

जापान प्रहरीले सिसीटिभिका माध्यमबाट खरेलको मृत्युबारे सत्यतथ्य पत्ता लगाउने जनाएको छ । स्वर्गिय खरेलको अन्तेष्टिको कार्यक्रम यस प्रकार रहेको छ ।

MACHIYA SAIZYO
Aragawa Ku, Machiya 1-23-4 Tokyo
Tel :03-3892-0311
Date : 22 July 2017 Saturday
Time : 9:00 AM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?