मुद्रा स्फीतिको लक्ष्य हासिल गर्न बैंक अफ जापानले ल्यायो नयाँ रणनीति

टोकियो । बैंक अफ जापानका प्रवन्धकहरुले दुई प्रतिशत मुद्रा स्फीति लक्ष्य हासिल गर्नका लागि मौद्रीक सरलीकरण कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

तर, अधिकारीहरुले लक्ष्य प्राप्तिको अनुमानित मितिमा ऐन संशोधन गरेका छन्, जुन एक वर्षसम्म कायम रहने छ ।

बैंकले मुद्रा स्फीति आर्थिक वर्ष २०१९ को आसपाससम्म नयाँ नीति अनुसार नै चल्ने बताएका छन्, जुन सन् २०१८ कोआर्थिक वर्ष सम्मका लागि निर्धारण गरिएको थियो ।

यस बीचमा बैंकका प्रवन्धकहरुले अल्पकालिन र दिर्घकालिन ब्याजदर कायम गर्ने तयारी समेत गरेका छन् ।

जस अनुसार बैंक अफ जापानसँग कारोबार गर्ने अन्य बैंकहरुले पाउने ब्याजदरमा कुनै परिवर्तन हुने छैन भने सर्बसाधारणले भने शुन्य दशमलव एक प्रतिशत बढी ब्याज पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?