जापान र अमेरिकाको मध्यस्थतामा वार्ताका लागि दक्षिणले गरेको प्रस्तावको जवाफ आएन

टाेकियाे । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार पुनः आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
गतहप्ता दक्षिण कोरियाले उत्तरसँग वार्ताको प्रस्ताव राखेको थियो । तर सो प्रस्तावप्रति उत्तरको कुनै जवाफ आएको छैन । उक्त जवाफ नपठाएकोले दक्षिणले आग्रह गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग सैनिक सम्बन्धमा वार्ताका लागि गएको सोमबार वार्ताको प्रस्ताव गरेको थियो । तर सो प्रस्तावपछि शुक्रबारसम्म पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान च्युनलले भने– कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्नुपर्ने र शान्तिको लागि पहल थाल्नुपर्ने अत्यावश्यक भएकोले हामीले सो वार्ताको प्रस्ताव पठाएका हौँ ।

उनले सोलमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार उत्तर कोरियाले आफ्नो प्रस्तावको बारेमा बिचार गरेर जवाफ पठाओस भन्ने हाम्रो आग्रह हो र जसले गर्दा अहिलेको अवस्थामा शान्तिवार्ता अत्यावश्यक रहेको कुरा पनि पुष्टि गर्नेछ भनेका छन्र ।

प्रवक्ता च्युनले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा शुक्रबार अर्थात आज नै वार्ता गर्नेगरी दक्षिण कोरियाले प्रस्ताव राखेको जानकारी पनि सो अवसरमा दिए ।

उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि पनि सोही बैठकमा छलफल गर्न र उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलाका बारेमा पनि छलफल गर्न सो वार्ताको प्रस्ताव गरिएको उनको भनाई थियो ।

उत्तर कोरियासँग रेड क्रसले उत्तर र दक्षिण कोरियाका परिवारका कोरियाली युद्धताका छुट्टिन पुगेका परिवारका सदस्यहरुको पुनर्मिलनका लागि पनि प्रस्ताव गरेको थियो । सो विषयमा दक्षिणले पनि आफ्नो प्रस्तावमा समेटेको थियो ।

रेड क्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको थियो । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने पनि प्रवक्ता च्युनले बताए ।
उनले वार्ताको जापान र अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव पनि उत्तरलाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?