टोकियो । रामेछापको दुर्गम बेतानीस्थित गोकुलगंगा निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जापानबाट शैक्षिक सामग्री प्राप्त भएको छ ।
विगत ११ वर्षदेखि जापानमा रहँदै आएका श्याम खड्काले विद्यार्थीहरुका लागि अत्यावश्यकीय शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
उनले स्टेसनरीका सामानहरु र खेलकुदमा सामाग्रीहरु हस्तान्तरण गरेका छन् । खड्का आफै उपस्थित भएर उक्त सामग्री हस्तान्तरण गरे ।
भहाभूकम्पका बेला क्षतीग्रस्त भएको उक्त विललयको पुननिर्माणका लागि पनि यस अघि खड्काले सिमेन्ट, जस्तापाता, खानेपानीको पाईप लगायतका निर्माण सामग्री हस्तान्तरण गरेका थिए ।
जापानमा व्यावसायीक छवी बनाएका खड्काले उक्त विद्यालयको भौतिक विकासका लागि आगामी दिनमा पनि थप सहयोग गर्ने बताएका छन् ।