गरिब राष्ट्रका पक्षमा जापानको अडान, युवा पलायन रोक्न राष्ट्रसंघमा नयाँ प्रस्ताव

टोकियो । जापानी विदेश मन्त्री फुमियो किशिदा सताब्दी विकास लक्ष्य तथा गरिबी निवारण सम्बन्धी राष्ट्रसंघको एक बैठकमा भाग लिनका लागि न्युयोर्क पुगेका छन् ।

सोमबारबाट सुरु हुनलागेको तीन दिने मन्त्री स्तरिय बैठक राष्ट्रसंघको मुख्यालयमा हुँदै छ ।

करिब ४० देशका मन्त्रीहरुले सताब्दी विकासका लक्ष्य प्राप्तिका लागि आ–आफ्नो देशका तर्फबाट भैरहेको प्रयासका बारेमा जानकारी दिने छन् ।

बैठकमा किशिदाले विकासशील राष्ट्रहरुका लागि आवश्यक आर्थिक सहायता दिनेबारे जापान सरकार र जापानका ठुला लागिनीकर्ताहरुका तर्फबाट प्रतिवद्धता जनाउनेछन् ।

उनले विकासशील देशहरुमा युवा पलायन रोक्नका लागि राष्ट्रसंघ मार्फत् नयाँ योजना ल्याउनेबारे प्रस्ताव राख्ने तयारी गरेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?