जापानले भन्यो–चिनियाँ व्यावहार मानवअधिकार विरोधी देखियो, हामी सचेत छौं

टोकियो । जापान सरकारका मुख्य सचिव योशिहिदे सुगाले मानवअधिकार कार्यकर्ता लिउ श्याओबोको मृत्यु चिनियाँ सरकारको हेलचक्राइका कारण भएको बताएका छन ।

सुगाले समयमै उपचारका लागि पहल नगरिएको भन्दै चीन सरकारको आलोचना पनि गरेका छन् । सुगाले लिउ प्रति जापान सरकारको तर्फबाट समवेदना व्यक्त गरे ।

नोबेल शान्ति पुरस्कार विजेता मानवअधिकारवादी नेता लिउ लामो समयदेखि चिनियाँ बन्दीका रुपमा रहेका थिए ।

सुगाले जापान सरकार सधैं नागरिक स्वतन्त्रता र मानवअधिकारका पक्षमा रहेको बताउँदै चीनले लिउमाथि गरेको व्यावहार अमानविय भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?