माछा मार्न पनि कोटा प्रणाली, जापानले बोलायो अन्तर्राष्ट्रिय सम्मेलन !

टोकियो । जापानले प्रशान्त महासागरमा पाइने सौरी माछाको शिकार गर्नका लागि कोटा प्रणालीको प्रस्ताव गरेको छ । यसका लागि एक अन्तर्राष्ट्रिय सम्मलनको आयोजना समेत हुने भएको छ ।

प्रशान्त सागरमा पाइने यो माछालाई मैकरेल पाइक नामले समेत चिनिन्छ । यो प्रजातीको माछा संरक्षण गर्ने समेत हेतुले सम्मेलनको आयोजना हुन लागेको हो ।

यो सम्मेलनमा चीन, दक्षिण कोरिया र ताइवानका प्रतिनिधि सामेल हुनेछन् । अत्याधिक माछा मार्ने प्रचलन रोक्नका लागि ति देशका माझीहरुका लागि क्षेत्र र संख्या निर्धारण गरिने छ ।

जापानले ५ लाख ६० हजार टनको आसपास मात्र यो माछा समात्ने प्रस्ताव गरेको छ । जसमा जापानका लागि २ लाख ४२ हजार टन, ताइवानका लागि ९० हजार टन, चीनका लागि ४६ हजार टन प्रस्ताव गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?