पर्वत समाज जापानको बार्विक्युमा विश्व साइकल यात्रीलाई सम्मान गरिने

टोकियो । पर्वत समाज जापानले आयोजना गर्नलागेको समर बार्बिक्यूको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी आइतबार टोकियोस्थित हिकारीगाओका पार्कमा आयोजना हुने बृहद् बार्बिक्यू कार्यक्रममा जापानबासी नेपालीहरूको उलेख्य सहभागिता रहने पनि समाजले जनाएको छ ।

आईतबार बसेको पर्वत समाजको नियमित बैठकले बार्बिक्यूको सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको हो । समाजले आफ्नो स्थापनाकालदेखि नै हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

आयोजकले यो वर्ष गत वर्षहरुमा भन्दा फरक किसिमले कार्यक्रम आयोजना हुने जनाएको छ । यो वर्ष कुनै पनि संघसंस्थालाई औपचारिक निमन्त्रणा नगरिएकाले यहि सुचनालाई आधार मानेर सहभागिता जनाइदिन पनि आयोजकले आग्रह गरेको छ ।

सोही कार्यक्रममा पर्बतको पाङराङ घर भई विश्व शान्तिका लागि विश्व साईकल यात्राका क्रममा हाल जापान आइपुगेका भेषबहादुर कँडेललाई सम्मान समेत गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?