विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापानले दियो २७ करोड अनुदान

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान र फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट प्राप्तहुनेअनुदान स्विकार गर्ने निर्णय भएको जानकारी दिए । यस्तैफिनल्याण्ड सरकारले दिने अनुदानपनिस्विकार भएको छ ।

फिनल्याण्ड सरकारबाट करिब रु दुई अर्ब ३६ करोड र जापान सरकारबाट करिब रु २७ करोड ४७ लाख प्राप्त हुने मन्त्री कार्कीले बताए ।

यस अघि पनि जापान सरकारले ठुला परियोजनाका लागि अनुदान सहयोग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?