टोकियो । गैरआवासीय नेपाली संघ जापानको (एनआरएनए) जापानको कान्तो क्षेत्रको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
आइतबार कान्तोमा सम्पन्न क्षेत्रिय समितिको पाँचौं अधिवेशनले नविन निउरेको संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको हो ।
निर्वाचन समितिका संयोजक सालिकराम भण्डारीका अनुसार कार्यसमितिको सह-संयोजकमा रविन शर्मा र आकाश लामा चयन भएका छन् । सचिवमा अनुजराज कार्की, सह-सचिवमा दिपेश खत्री र कोषाध्यक्षमा राकेश रुम्बा सर्वसम्मत भएका छन् ।
यस्तै सदस्यहरुमा केशवप्रसाद पौडेल, सुनिता महर्जन, द्रोण केसी, कृष्णबहादुर थापा, पुजन लामा, अखिल तामाङ र अनिल पन्त चयन भए ।
कार्यसमितिको सल्लाहकारमा विरोध जैशी, अमृत आचार्य, विनोद कार्की, सुनिल देवकोटा र विष्णु त्रिपाठी चयन भएका छन् ।