जापानको मन्त्रिमण्डल हेरफेरको तयारी, पार्टीमा पनि पदाधिकारी परिवर्तन हुँदै

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले अगस्ट पहिलोसाता मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् ।

उनले पार्टीमा समेत फेरबदल गर्ने जनाएका छन् । स्विडेन भ्रमणमा जानु अघि आबेले सरकारका कामहरुमा कुनै वदलाव नहुने तर मन्त्रिपरिषद्मा भने फेरबदल हुने बताएका हुन् ।

उनले क्षमतावानहरुको मूल्याकंनका लागि पनि मन्त्रिमण्डल फेरबदल गर्नुपर्ने जनाए । आबेको पार्टी टोकियोमा सम्पन्न चुनावमा हारको नजिक रहेको पूर्वानुमानहरु सार्वजनिक भएसँगै पार्टी र सरकारमा समेत फेरवदल गर्ने तयारी आवेले गरेका हुन् ।

उनले रक्षा मन्त्री इनादालाई परिवर्तन गर्ने सोच बनाइसकेको यसअघि नैसमाचार आइसकेको छ । इनादाले निर्वाचनको पुर्वसन्ध्यामा विवादास्पद अभिव्यक्ति दिएका कारण टोकियोमा पार्टीपराजित हुनुपरेको निश्कर्ष आबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?