टोकियो । लगातार तेस्रो दिनपनि मुसलधारे पानीका कारण पश्चिम जापानको अवस्था दर्दनाक बन्दै गएको छ । शनिबार बिहान सम्मको तथ्यांक अनुसार कम्तिमा १५ जनाको बाढीमा परी मृत्यु भैसकेको छ ।
कम्तिमा ५४ हजार सर्बसाधारणले आफ्नो घर छाडीसकेका छन् । हजारौं उद्दारकर्मीहरु बाढी पसेका घरहरुमा जीवित मानिसको खोजिमा जुटेका छन् ।
क्युशु स्थित फुकुओका क्षेत्रमा दुई दिन भित्र छ सय मिलिलिटर पानी परिसकेको छ ।
यस्तै भूक्षयका कारण फुकुओका र ओइतामा कम्तिमा ५सय मानिस फसीरहेका छन् ।
जापान सरकारले राहत वितरणर उद्दार कार्यलाई तिब्रता दिइरहे पनि लगातारको वर्षका कारण समस्या पैदा भएको छ ।