जापानी प्रधानमन्त्री आबेको पहल, जर्मनीमा भयो कोरिया र अमेरिका सहित त्रिपक्षीय वार्ता

टोकियो । जापान, अमेरिका र दक्षिण कोरियाका शीर्ष नेताहरुबीच उत्तर कारियाविरुद्ध संयुक्त कारबाही अभियान थाल्नेबारे छलफल भएको छ ।

जी–२० बैठकका क्रममा जर्मनीमा तीन देशका प्रमुखहरुबीच छलफल भएको हो ।

जापानका प्रधानमन्त्री सिन्जो आबेको पहलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली राष्ट्रपति इन जाए मुनबीच त्रिपक्षीय वार्ता भएको हो ।

वार्ताका क्रममा उत्तर कोरियाले निरन्तर मिसाइल प्रशार गरिरहेकाले यसलाई रोक्न प्रतिउत्तर दिनेबारे छलफल भएको हो ।

जापानी प्रधानमन्त्री आबेले यसका लागि ठोष कार्ययोजना आवश्यक रहेकोर यसको फ्रेम ओर्क बनाउन तीनै देशका उच्च अधिकारीलाई जिम्मा दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?