नेपाली दूतावासले थाल्यो पर्यटन प्रवद्वनको काम, जापानका ठुला ट्राभल्सहरुसँग छलफल सुरु

टोकियो । जापनस्थिन नेपाली राजदूतावासले प्रर्यटन प्रवद्वनका लागि काम सुरु गरेको छ । राजदुत प्रतिभा राणाको अगुवाईमा दूतावासले जापानका ठुला पर्यटन व्यावसायसँग सम्बन्धित व्यक्तिहरुसँग नेपालमा प्रर्यटन प्रवद्वनबारे छलफल गर्यो ।

अर्थ कुटनीति अन्तरगत प्रर्यटन प्रवद्वन बढाउनेबारे जापानका ट्राभल्स र टुरिजमसँग सम्वन्धित ठुला हाउसहरुको एजेण्टहरुसँग पहिलो पटक यस्तो छलफल सुरु गरिएको हो ।

छलफलमा आफ्नो अभियानबारे जानकारी दिदै राजदूत प्रतिभा राणाले नेपाल अत्यन्तै सुन्दर मुलुक भएकाले त्यहाँको प्राकृतिक सुन्दरता एक पटक हेर्न जान जापानी नागरिकहरुलाई आग्रह गरिदिन अनुरोध गरिन् ।

उनले जापानी कम्पनीहरुले नेपालको प्रर्यटन प्रवद्वनमा पुर्याएको सहयोगका लागि धन्यवाद दिइन् ।

दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले कार्यक्रममा सहभागी जापानी एजेण्टहरुलाई स्वागत गर्दै नेपालको प्राकृतिक सौन्दर्यताका बारेमा जानकारी दिएका थिए ।

तृतिय सचिव रेवन्त केसीले नेपालको प्राकृतिक र साँस्कृतिक सम्पदाका बारेमा जानकारी दिए ।

कार्यक्रममा जापानका एजेण्टहरुले नेपाल–जापान सिधा हवाई सञ्जाल जोड्ने र सञ्चालन गर्नेबारे नेपालले चालिरहेको पहल कदमीका बारेमा जिज्ञासा राखेका थिए । द्धितीय सचिव टोपनारायण गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?