टोकियो । जापानको दक्षिणी क्षेत्रमा आएको भीषण बाढीका कारण आसाकुरामा दुई जनाको मृत्यु भएको छ भने अन्य १८ जना हराएका छन् ।
बाढी अझ बढ्नसक्ने अधिकारीहरुको चेतावनी पछि हजारौं मानिस घर छाडेर भागेका छन् । अविरल वर्षपछि आएको बाढीले सडकदेखि घर तथा विद्यालय भवनहरु बगाएको छ ।
हजारौं सुरक्षा निकाय, उद्धार टोली खटिए पनि पानीको बहाव उच्च भएका कारण उद्धारमा कठिनाइ भएको छ ।
कोयोशु क्षेत्रको विभिन्न स्थानमा १२ घण्टा भन्दा लामो समय परेको पानीका कारण सडकमा ५० सेन्टिमिटर पानी जामेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
सरकारको मौषम विभागले पानी पर्ने क्रम जापानका अन्य भागमा जारी रहने र पहिरो तथा समुद्री आधी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।