टेलले आत्महत्या रोकथामका लागि संसारकै ठुला टावरहरुमा चेतनामुलक कार्यक्रम गर्ने

टोकियो । जापानमा मानसिक स्वास्थ्यवारे काम गर्ने गैरसरकारी संस्था टेलले सेप्टेम्बर दशका दिन विश्वभर चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सम्बन्धी टोकियोको सवैभन्दा राम्रो र सफल संरचना भएको उक्त संस्थाले सेप्टेम्बर १० को अवसरमा विश्वका सवैभन्दा चर्चित भवन र टावरहरुमा कार्यक्रम गर्ने सहमति गरेको हो ।

सेप्टेम्बर १० आत्महत्या रोकथाम दिवस हो । जुन दिन विश्वभरका मानिस आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम र र्यालीमा सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?