श्रीमती र साथीका कारण प्रधानमन्त्री आबेलाई झड्का, टोकियो चुनाव सम्बन्धी आयो यस्तो अनुमान

टोकियो । प्रधानमन्त्री सिन्जो आबेको लिवरल डेमोक्रेटिक पार्टीले आगामी निर्वाचनमा कमजोर नतिजा निकाल्ने एक्जिक्ट पोलहरुले देखाएका छन् ।

साथीको व्यापारलाई फाइदा पुग्ने गरि निर्णय गरेको विवादास्पद निर्णयका कारण प्रधानमन्त्री आबेको क्रेज घटेको बताइएको छ । टोकियोको महानगरको चुनावको आबेको पार्टीले कमजोर नतिजा निकाल्ने प्रारम्भिक नतिजाहरु सार्वजनिक भएका छन् ।

प्रारम्भिक अनुमानहरुका अनुसार कोइकेको टोकियो जनता पार्टीले आवेको पार्टीलाई पछाडि पार्ने छ । एक्जिक्ट पोलहरुका अनुसार टोकियो जनता पार्टीले १ सय ७२ मध्ये ७३ देखि ८५ सीटमा जित हात पार्ने छ भने आबेको पार्टीको सिट ५७ सीटमा जीत हात पार्ने छ ।

आबेको पार्टीलाई कमजोर पार्न उनका साथी, श्रीमती रक्षा मन्त्रीले नकारात्मक भुमिका खेलेको बताइन्छ ।

एक विद्यालय सञ्चालन सम्बन्धी कार्यक्रममा आबे पत्नीको आलोचना भएको थियो भने रक्षा मन्त्री इनादाले हालै दिएको अभिव्यक्तिका कारण पार्टी राजनीतिक समस्यामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?