मुनले भने–उत्तरलाई तहलगाउन जापान र दक्षिण कोरियालाई अमेरिका नै चाहिन्छ

टोकियो । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बताएका छन् ।
उनले यसै हप्ता कोरियाको भ्रमण गरेकाथिए । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको र वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पु¥याएको उनको धारणा थियो ।

मुनले उत्तर कोरियाविरुद्ध आफ्नो मुलुक र जापानले गरिरहेको प्रयासलाई सार्थकता दिन अमेरिकाको सहयोग आवश्यक रहेको बताए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

आफू राष्ट्रपतिमा निर्वाचित भए लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा रहने धारणा राखेकाथिए ।

केही दिनमात्र अघि पनि उत्तर कोरियाले अमेरिकाका विरुद्धमा राजधानी प्योङयाङ्मा जुलुस प्रदर्शन गरी अमेरिकाको कडा आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको बारेमा निकै चासो लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

उत्तरले निरन्तररुपमा जापान सागरमा मिसाइल परिक्षण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?