कम्फर्ट ओमेनले थाले आन्दोलन, जापानले पठाएको रकम कोरिया पुग्दा कता हरायो ?

टोकियो । दोस्रो विश्वयुद्धका क्रममा जापानका सेनाहरुले यौन दासी बनाएका ३६ जनाकोरियाली महिलाहरुले क्षतिपुर्तिको माग सहितको निवेदन दर्ता गराएका छन् । सन् २०१५ को डिसेम्बरमा जापान र दक्षिण कोरियाबीच यस्ता महिलाहरुलाई क्षतिपुर्ति दिने सहमति भएको थियो । तर, उक्त रकम ति महिलाहरुले पाउन सकेका थिएनन् ।

जापान सरकारले ती महिलाहरुलाई दिनका लागि एक अर्ब जापानी येन अर्थात् करिब ९० लाख अमेरिकी डलर बिनियोजन गरिसकेको थियो । कम्फर्ट ओमेन प्रतिष्ठानले क्षतिपुर्तिको माग दाबी गर्दै निवेदन दर्ता गराएको छ ।

जापान सरकारलेरकम पठाए पनि ति महिलाहरुले अझै राहत पाउन नसकेको भन्दैकोरियाली अधिकारीहरुको आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?