अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्षले भने–टोकियो ओलम्पिक सबैभन्दा उत्कृष्ठ हुने छ

टोकियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष जोन कोट्सले सन् २०२० मा टापानमा आयोजना हुने टोकियो ओलम्पिक अहिलेसम्म कै ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार टोकियो ओलम्पिकको तयारीबारे अनुगमन गर्न आएका कोट्सले शुक्रबार संवाददाताहरुसँग टोकियो ओलम्किपको तयारी तिब्र गतिमा भैरहेको र आफु सन्तुष्ट रहेको बताए ।

उनले यो ओलम्पिक अहिलेसम्मकै उत्कृष्ठ हुने दाबी समेत गरे । उनले टोकियो ओलम्पिकमा नयाँ पाँच खेल राखिने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?